किन सकेको छैन अझै समात्न पन्तका हत्यारा : बालुवाटारमा दुई दर्जनभन्दा बढी मानवअधिकारकर्मी प्रहरीको पासोमा

  • प्रकाशित मिति: सोमबार, मंसिर २४ २०७५
  • तामाकोशी

प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिरहेका दुई दर्जन भन्दा बढी मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा सरकारविरुद्ध प्रर्दशन गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको असर पारेर मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको विरोध प्रर्दशनमा निषेधित क्षेत्र तोडेपछि समाजका संस्थापक सभापति कृष्ण पहाडीसहितका २ दर्जन भन्दा बढी मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सबैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ । प्रर्दशनका क्रममा मानव अधिकारकर्मीहरुले निर्मलाको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।