आमाले छोरालाई परिक्षामा कम नम्बर ल्याएको भन्दा मर्ने गरेर पिटे आफ्नै जन्म दिने आमालाई ! हेर्नुहोस यो भाईरल भिडियो

  • प्रकाशित मिति: सोमबार, मंसिर २४ २०७५
  • तामाकोशी

आफ्नै आमालाई छोराले पिटेको एक भिडियो सामाजिक संजालमा देखा परेको छ। आमालाई झाडुले पिट्दै गरेका एक युवकलाई भिडियोमा देख्न सकिन्छ।भारतीय सामाजिक संजालमा भाइरल भैरहेको यस भिडियो कर्नाटकको बेंगलुरु रहेको छ। आमालाई झाडुले पटक(पटक हानिरहेको भिडियोमा देख्न सकिन्छ । परिक्षामा कम नम्बर ल्याएको भन्दै ती महिलाले आफ्नो छोरालाई गालि गरेकी थिइन्। छिमेकिको अगाडी गालि गर्दा आफ्नो बेइजत भएको भन्दै ती युवकले आफ्नो आमालाईनै कारवाही गरेका हुन्।

१७ वर्षीय त्यस पुरुषले आमालाई पिट्दै गर्दा त्यहीं भएकी आरोपी युवकको बहिनिले भिडियो बनाएकी थिइन्। आमालाई पिट्दै गर्दा युवक भनिरहेका हुन्छन्,” जे गर्नु छ गर तर तिमीलाई पनि तह लगाएरै छाडछु। “भिडियो भाइरल भएसँगै आरोपी युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आमालाई यातना दिएको कारण उनलाई गिरफ्तार गरेको प्रहरीले आमासँग माफी मागेपछि छोड्न राजि भएको भन्दै भारतीय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्। एजेन्सी