दोरम्बामा लैगिक हिँसा निवारणमा न्यायिक समितिको भूमिका विषयक प्रशिक्षण

  • प्रकाशित मिति: सोमबार, मंसिर २४ २०७५
  • तामाकोशी

रामेछाप । मंसिर २४ गते,
रामेछापको दोरम्बा गाउँपालिकाको टोकरपुरमा न्यायिक समितिलागि ३ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । दोरम्बा गाउँपालिकाको अयोजनामा भएको सो तालिममा न्यायिक समितिका सदस्यय तथा मेलमिलापकर्ताहरुको सहभागित रहेको थियो ।
गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक कृषला घिसिङको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिकाका कानुनी सल्लाहकार छोनाम तामाङ र नवराज पथिकले महिला अधिकार, महिला सम्बन्धि काननु, न्यायिक समितिका काम कर्तव्य र अधिकार लागयतका विषयमा जानकारी दिएका थिए ।
तालिमको समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष घिसिङले यस्तो तालिमले न्यायिक समितिका सदस्य र मेलमिलापकर्ताहरुको क्षमता विकास भई स्थानीय स्तरमा आउने विवाद समाधानमा सहयोग पुग्ने बताइन् ।
यसै बिच महिला हिँसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामेछापको मन्थली नगरपालिका वडा नं ६ को आयोजनामा आइतबार वडा कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडाअध्यक्ष गोपाल माझीको अध्यक्षतामा भएको सो कार्यक्रममा मानवअधिकारकर्मी नवराज पथिक, साविकको भलुवाजोर गाविसका पूर्वअध्यक्ष कृष्ण थापा, वडासदस्य कमला बसेल तथा नेपाल दलित समाज कल्याण संघका जिल्ला अध्यक्ष लेखबहादुर बिक लगायतले महिला लैगिक हिँसा र यसलको न्युनिकरणको उपायको बारेमा बोलेका थिए ।