खड्काको नेत्रित्वमा रामेछाप जि.पी. कोइराला फाउण्डेशन फर डेमोक्रेसी समिति गठन

  • प्रकाशित मिति: शुक्रबार, मंसिर १४ २०७५
  • तामाकोशी

रामेछाप, मंसिर १४ गते ।
जि.पी. कोइराला फाउण्डेशन फर डेमोक्रेसी, पिस एण्ड डेभलपमेन्ट प्रदेश नम्बर ३ समितिको निर्णय अनुसार रामेछापमा नेपाली काङ्ग्रेसका युवा नेता दिपक खड्काको नेत्रिृत्वमा जिल्ला कार्य समिति विस्तार भएको छ । प्रदेश समितिले गोकुुलगंगा गाउपालिका वडा नं. ५ का दिपक खड्कालाई जिल्ला अध्यक्षको जिम्मेवारी सहित नयाँ समिति निर्माण गर्न पठाएको पत्रानुसार रामेछापमा नयाँ जिल्ला कार्य समिति विस्तार भएको हो ।
जिल्लामा रहेका लोपोन्मुख तथा दलित, जनजाति, महिला समेतलाई समेटिने गरी जिल्ला कार्य समिति बनाएको जिल्ला समिति अध्यक्ष दिपक खड्काले तामाकोसी अनलाइनलाई जानकारी दिए ।

नयाँ कार्य समितिको पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष पदमा क्रमश दिपक कुमार थापा, खिलेन्द्रबहादुर खत्री, नेत्रबहादुर के.सी. र कुमारी हायु रहेका छन् ।
यस्तै कार्य सम्पादन समिति सदस्यहरुमा जनक राय र खमला थापा मगर मनोेनित गरेका छन् भने अन्य सदस्यहरु गरी १७ जनाको कार्य समिति बनाएको जिल्ला अध्यक्ष खड्काले बताए ।