काठमाडौंमा भिषण आगलागी थप विवरण आउँ बाकि

  • प्रकाशित मिति: सोमबार, मंसिर १० २०७५
  • तामाकोशी

काठमाडौं–राजधानीको बुद्धनगरस्थित एक फर्निचर गोदाममा भीषण आगलागी भएको छ । दिउँसो साढे ३ बजेदेखि राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी सुरु भएको हो । आगलागी सुरु भएसँगै काठमाडौं, ललितपुर र भक्तपुरका साथै स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी बृत्त वानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए ।

उनका अनुसार टीनले बारेर बनाइएको सो गोदाममा के कारणले आगलागी भयो भन्ने बारे खुल्न बाँकी रहेको छ । नजिकै रहेका घरहरु पनि आगोको जोखिममा रहेकाले सो क्षेत्रमा त्रास फैलिएको छ ।