डाक्टर गोविन्द केसीले कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षीय निर्मला पन्तका हत्यारालाई पक्राउ नगरे १६ औ अनसन शुरु गर्ने चेतावनी दिएका छन्।
डाक्टर केसीले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गरि बिभिन्न ३ बुंदे माग राख्दै उक्त माग सम्बोधन नभए अनसन बस्ने चेतावनी दिएका हुन्। उनले १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने बताएका छन्। यस अन्तर्गत सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरूलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गंरुपरने, त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरू पुनः सो संस्थान मै फिर्ता गर्नु पर्ने र सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा बढाउनु पर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना सुरू गर्नु पर्ने रहेका छन्।
त्यसै गरि दोश्रो बुँदामा निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनुक साथै साथै, प्रमाण लोप गर्ने, झूटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन माग गरेका छन् ।
त्यस्तै उनको तेश्रो माग अन्तर्गत नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नु पर्ने रहेको छ ।
चिकित्सा शिक्षा सुधारका लागि यस अघि १५ पटक अनसन बसिसकेका केसी केहीदिन अघिमात्र अस्पतालबाट डिस्चार्ज भएका थिए।