रामेछाप । मंसिर १० गते,
कञ्चनपुरमा वलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारालाई सजाय दिनु पर्ने माग राख्दै रामेछापको मन्थली नगपालिका पनि आन्दोलित भएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मुल नाराका साथ आइतबारबाट सुरु भएको लैगैकि हिँसा विरुद्धको १६ दिन अभियानको पहिलो दिन हत्यारालाई सजायको माग गर्दै मन्थली नगरपालिकाले मन्थलीको देवकोटा चोकमा निर्मलाको फोटो राखि दीप प्रज्वलन गरेको छ । 
दिप प्रज्वलन स्थलमा निर्मलाको आत्माले शान्ति पाउँदैन तबसम्म, हत्याराले सजाय पाउँदैन जबसम्म लेखिएको निर्मलाको फोटो टासिएको थियो । कार्यक्रमलाई मन्थली नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्काले सम्बोधन गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायतका अन्य सरकारी अधिकारी भने अनुपस्थित थिए । नगरपालिकाको निर्णय अनुसार नै कार्यक्रम अयोजना गरिएको आयोजकले जनाएको छ ।
निर्मला पन्तको हत्याराको कारबाहीको माग राख्दै मन्थली नगरपालिका आन्दोलित
- प्रकाशित मिति: सोमबार, मंसिर १० २०७५
- तामाकोशी