रामेछाप । मंसिर ३ गते,
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका स्थित स्थानीय क्लव ग्रामिण यूवा परिषदले वडा नं. ३ मा पर्ने रस्नालु बजारको सरसफाई गरेको छ । क्लवले गाउँपालिका, विभिन्न संघसंस्था तथा स्थानीयहरुसँग समन्वय गर्दै छहरे खोला देखि भुजी डाँडा सम्मको सडक र रस्नालु अनि भुजिडाँडा बजारको सरसफाई गरेका हो । सरसफाई टोलीले सफा गर्दा संकलन भएका फोहोरमैलालाई डिस्पोज समेत गरिएको छ । सरसफाई पछि कोण सभामा बोल्दै गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले बजारका व्यवसायीहरुलाई व्यवसाय संचालन गर्दा दर्ता अनिवार्य गर्न आग्रह गरे । उनले बजार क्षेत्रमा फोहोरको व्यवस्थापनमा बजारबासीकै मुख्य भूमिका हुने भएकाले सरसफाईमा ध्यान दिन आग्रह गरे । 
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार राईले यूवा क्लवले गरेको सरसफाई कार्यक्रमको प्रशंसा गर्दै समाज परिवर्तनको लागि यूवाहरुको महत्वपूर्ण भूमिका रहने बताए । सार्वजनिक विदाको दिन सामुहिक रुपमा बजार सरसफाई गर्न क्लवले अभियान नै चलाउने क्लवका महासचिव सञ्जय कुमार सुनुवारले जानकारी दिए । सफा रहौं स्वस्थ बनौ भन्ने मुल नाराका साथ गरिएको सरसफाई कार्यक्रममा गाउँपालिकाका जनप्रनिधि, कर्मचारी, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय वुद्धिजिवी तथा बजारबासीको समेत सहभागिता रहेको थियो ।
गोकुलगंगा गाउँपालिका स्थित रस्नालु बजारको सरसफाई
- प्रकाशित मिति: सोमबार, मंसिर ३ २०७५
- तामाकोसी खबर