काठमाडौं – निर्माता कपिल खत्रीद्वारा निर्मित चलचित्र ‘भिलेन’को पहिलो गीत सार्वजनिक भएको छ । ‘भिलेन’लाई निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । “च्यानाकुटी झ्याई झ्याई” बोलको गीतलाई बिगत लामो समय देखि गीत संगीतको क्षेत्रमा सक्रिय सर्जक लालकुमार बरालको संगीतमा तयार भएको हो भने सुप्रशिद्ध गीतकार एकनारायण भण्डारीको शब्द रचना रहेको छ।
त्यस्तै गीतलाई चर्चित गायक गायिका अन्जु पन्त र रामचन्द्र काफ्लेले स्वर भरेका छन गीतको एरेन्ज भने बि बि अनुरागीले गरेका हुन पुस २७ गते रिलिज हुने चलचित्र‘भिलेन’मा निखिल उप्रेती, शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्री लगायतको अभियन रहेको छ । गीतको कोरियोग्राफी दिपेन्द्र तिमल्सिना र दिपक श्रेष्ठले मिलेर गरेका हुन ।
बलबहादुर श्रेष्ठ ‘शीतल’ फिल्मका निर्माता हुन् भने सहनिर्माता राजकुमार श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माता दीपक श्रेष्ठ, सुरज खड्का र मधु केसी हुन् । ‘द ग्लोबल पिक्चर्स प्रालि’को प्रस्तुति रहेको चलचित्र ‘भिलेन’मा पहाड र तराईको मायाप्रेमलाई कथावस्तु बनाइएको छ । मौनता श्रेष्ठको लेखन रहेको ‘भिलेन’को छायाँकान सौरभ लामा र मदन कश्यम घिमिरे गरेका छन् ।