निर्मलालाई न्याय दिलाउन सरकारमाथि कविहरुको तिखो व्यंग्य प्रहार (भिडियोरिपोर्ट)

  • प्रकाशित मिति: शनिबार, कार्तिक १७ २०७५
  • तामाकोसी खबर

कार्तिक १७/ मुलुकभर निर्मलाहत्याका दोषिलाई कारवाहीको मागगर्दै प्रर्दशन भईरहेका बेला राजधानी काठमाण्डौमा कविहरुले पनि श्रृजना मार्फत सरकारको कार्यशैलीमाथि तिखो व्यंग्य गरे ।

शुक्रबार लेखनकुञ्जमा आयोजित छन्द कविता वाचनमा कविहरुले निर्मलाहत्याका दोषि पत्ता लगाउन नसक्ने सरकारको कार्यशैली माथि कलात्मक शैलीमा विरोध गरे ।



उनीहरुले मौलाउदै गएको भ्रष्टाचार, निष्कर्षमा पुग्न नसकेको सुन काण्ड तथा असान्त र असुरक्षित मुलुकको अवस्थाको मात्रै चर्चा गरेनन् दशैमा शितलनिवासमा घुँडा टेकेर टीका लगाउनुपरेको दृष्टान्त माथि पनि प्रहार गरे ।