रामेछाप सदरमुकाम मन्थली बजार सरसफाई

  • प्रकाशित मिति: शनिबार, कार्तिक १७ २०७५
  • तामाकोसी खबर

रामेछाप । कार्तिक १७ गते,
रामेछाप जिल्लाको २ नगरपालिका र ६ गाउँपालिकाको केन्द्र सदरमुुकाम मन्थली बजार शनिवार सरसफाई गरिएको छ । अघि बढ््छौ नामक समाजिक संस्थाको अगुवाईमा ब्लडपल रामेछाप, रामेछाप सामुदायिक अस्पताल रामेछाप र मन्थली नगरपालिको सहयोगमा सरसफाई गरिएको हो । मन्थली बजार क्षेत्रको वि.पी चोकदेखी कटहरबोट सम्म सरसफाई गरिएको छ । विभिन्न संघसस्थाका प्रतिनिधि, पार्टी प्रतिनिधि,व्यवसायी र पत्रकारहरुको सहभागीता रहेका सरसफाईृ टोलीले सडकको दायाँ बायाँ रहेका सबै फोहोर,र सडक सरसफाई गरेको थियो ।
कन्चनपुरकी १३ बषर््िाया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको सम्झना र उनको आत्माको चिर शान्तिको लागि साँझ मन्थली देवकोटा चोकमा दिप प्रज्वलन समेत गरिएको छ । निर्मला बलात्कार पछि हत्या भएको सय दिन पुरा भइसक्दा पनि हत्यारा अझै पत्ता लाग्न नसकेको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षनका लागि कार्यक्रम गरिएको आयोजक संस्थाले जनाएको छ ।