प्रधानमन्त्रीको ओलीको डिस्चार्जसंगै ऊर्जामन्त्री वर्षमान पुन अस्पताल भर्ना…

  • प्रकाशित मिति: शनिबार, कार्तिक १७ २०७५
  • तामाकोसी खबर

१७ कात्तिक, काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । उनलाई गएराति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

छातिमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको उन को सचिवालयले जनाएको छ । मन्त्री पुनको उपचारमा डा. यादव भट्ट लगायतको टोली संलग्न छ ।