काठमाडौँ, १५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उलेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको उपचारमा टोलीका संयोजक प्रा डा अरुण सायमीले जानकारी दिए । डा. सायमीका अनुसार प्रधानमन्त्री ओलीलाई थप अध्ययन र परामर्शपछि घर फिर्ता गराइनेछ ।
३ करोड नेपालीलाई खुसीको खबर,प्रधानमन्त्री ओली स्वास्थ्यमा थप सुधार, चाँडै घर फर्किने
- प्रकाशित मिति: बिहिबार, कार्तिक १५ २०७५
- तामाकोसी खबर