भर्खरै बाईक दुर्घटनामा आँखै अगाडी गयो एकको ज्यान !यस्तो छ अन्यको अबस्था

  • प्रकाशित मिति: बिहिबार, कार्तिक १५ २०७५
  • तामाकोसी खबर

१५ कात्तिक, दाङ । दाङको लमहीमा मोटरसाइकल र च्याम्फा ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा ४ अर्नहवामा गएराति रा ४ प ५५३५ मोटरसाइकल र रा १ त १३६७ नम्बरको च्याम्फा ट्याक्टर ठोक्किएका थिए ।



उक्त दुर्घटनामा लमही नगरपालिका वडा नम्बर ३ जखेराका निवासी २० वर्षीय कौशल चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामा जखेराकै २२ वर्षे रोशन चौधरी घाइते भएका छन् । उनको लमही अस्पतालमा उपचार भैइरहेको छ ।