त्रिभुवन विमानस्थलबाट अवैध १ लाख २६ हजार डलरसहित एक पक्राउ, पढ्नुहोस्

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १३ २०७५
  • तामाकोसी खबर

१३ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागिएको अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राहदानी नम्बर इडि ४८२९४७८ बाहक इर्सा छन् । उनलार्इ सोमबार विमानस्थल प्रहरीले १ लाख २६ हजार ४ बराबरको अमेरिक डलरसहित पक्राउ गरेको हो ।



काठमाडौंबाट चीनको गन्जाउ जान लागेको उनलाई डिपार्चर एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लगेजभित्र लुकाएर राखेर लाँदै गर्दा डलर फेला परेको थियो ।

थप अनुसन्धान जारी छ ।