आउँदो पुस महिनासम्म मन्थली नगरपालिको गुरुयोजना बन्छ : नगरप्रमुख रमेश कुमार बस्नेत

  • प्रकाशित मिति: आइतबार, कार्तिक ११ २०७५
  • तामाकोसी खबर

रामेछाप । कार्तिक ११ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले आउँदो पुष महिना भित्र नगरपालिकाको गुरुयोजना बन्ने बताएका छन् । गुरुयोजना विना भएका विकास निर्माण कामहरु त्यति प्रभावकारी नहुने भएकाले अब गुरु योजना बनाएर काम गर्ने उनको भनाई छ । शनिबार मन्थली नगरपालिका वडा नम्बर ८ चिसापानीमा रहेको श्रृजनशिल यूवा समाज चिसापानीको २३ औं बार्षिक साधारणसभामाम बोल्दै उनले यस्तो बताएका हुन् । नगरप्रमुख बस्नेत केन्द्र र प्रदेश सरकारले १५ भन्दा बढि अत्यावश्यक कानुन् दिन नसक्दा जनताको चाहाना अनुसार काम गर्न नसकिएको बताए । श्रृजनशिल यूवा समाजका अध्यक्ष भुवन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले अहिले आफुहरु निर्माण भएका कानुन्हरु कार्यान्वयको चरणमा रहेको बताए । मूलकको विकासका लागि गैर सरकारी संस्थाहरुले सरकारको सहयोगीका रुपमा धेरै काम गरेकाले यसलाई निरन्तरता दिन श्रृजनशिल यूवा समाजलाई पनि उनले आग्रह गरे ।
रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जिल्लाको विकास निर्माणमा श्रृजनशिल यूवा समाजले गरेको काम प्रशंसनिय रहेकाले आगमी दिनमा स्थानीय सरकारसंग समन्वय गरेर थप काम गर्न आग्रह गरे । साधारणसभामा नेकपा रामेछापका नेता गोपाल श्रेष्ठ, मन्थली नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ , नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राखेका थिए । २२ जना आजीवन र ५४ जना साधारण सदस्य रहेको संस्थाको २३ औं साधारणसभामा संस्थाको सांगठनिक प्रतिवेदन संस्थाका अध्यक्ष भुवन कुमार श्रेष्ठ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अर्जुन कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए । संस्थाले बार्षिक साधारण सभाको अवसरमा शिक्षा क्षेत्रमा योगदान गर्ने शिक्षक राजदेब मण्डल र बद्री प्रसाद घिमिरेलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो । त्यस्तै गाउँको खानेपानीको क्षेत्रमा योगदना गर्ने स्थानीय भक्त बहादुर श्रेष्ठ , शान्ता कुमारी श्रेष्ठ र जनकदाश श्रेष्ठलाई पनि संसथाले सम्मान गरेको थियो । विभिन्न क्षेत्रबाट संस्थाको विकासका लागि योगदान गरेको भन्दै स्थानीय लब कुमार श्रेष्ठ र गोपाल श्रेष्ठलाई पनि संस्थाले सम्मान गरेको थियो ।