सोलुखुम्बु लेक लागेर एक पर्यटकको मृत्यु

  • प्रकाशित मिति: शुक्रबार, असोज १९ २०७५
  • तामाकोसी खबर

सोलुखुम्बु । असोज १९ गते,
लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कट्टेलले जानकारी दिए । सगरमाथा आधारशिविर घुम्न आएका च्याङको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित लबुचे मदर अर्थ भन्ने होटलमा आराम गरी बसैकै अवस्थामा मृत्यु भएको बताइएको छ । करिब ४५ वर्षीय च्याङ गत १३ गते नेपाल हाइटिङ टिम कम्पनी काठमाडौंमार्फत् घुम्न आएका थिए । अहिले इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरीको टोली हेलिकोप्टरमार्फत् घटनास्थलमा पुगिसकेको बताइएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौं पठाइनेछ ।