सामाजिक संस्था र स्थानीय तहको भूमिकाको बारेमा इन्सेकको सरोकारवालासँग छलफल

  • प्रकाशित मिति: मंगलबार, असोज ९ २०७५
  • तामाकोसी खबर

रामेछाप । असोज ९ गते,
पछिल्लो समय नागरिक समाज र स्थानीय तहको भूमिकाको बारेमा इन्सेकले रामेछापका विभिन्न सरोकारवालासँग भेटि छलफल गरेको छ । इन्सेक केन्द्रिय कार्यालयबाट रामेछाप आएका इन्सेकका कार्यक्रम संयोजक श्रीराम बजागाईले ०७५ असाज ९ गते जिल्लाका पत्रकार, नागरि समाजका अगुवा तथा निर्वाचित जनप्रतिनिधिहरुसँग समेत भेटघाट गरि नागरिक समाज र स्थानीय तहको भूमिकाको बारेमा छलफल गरेका थिए ।
छलफलका क्रममा पत्रकारहरुले देशमा हालै जारि भएको देवानी र फौज्दारी संहिताको बारेमा निर्वाचित जनप्रतिनिधि र तथा नागरिकलाई पनि ज्ञान नहुँदा समस्या आएको बताए । उनीहरुले निर्वाचित जनप्रतिनिधिहरु अझै पनि गारिकहरुको बिचमा घुलमिल हुन नसकेका तथा नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेका बताए ।
यस्तै नागरिक समाजका अगुवाहले जनप्रतिनिधि र नागरिक समाज बिचको सम्बन्ध जुन हिसावले सुमधुर हुनुपर्ने त्यस्तो हुन नसकेको बताए । नागरिक समाजलाई निर्वाचित जनप्रतिनिधिहरुले प्रतिपक्षिको व्यवहार गर्ने गरेको नागरिक अगुवाहरुको गुनासो थियो । छलफलको क्रममा मन्थली नगरपालिकाकी उपप्रमुख मायाँ कार्कीले नागरिक संस्थाहरुको बारेमा केन्द्र र स्थानीय सरकारका बिच अस्पष्टताकै कारण अन्योलता रहेको बताइन् ।