मालदिभ्सले उचाल्यो साफ कपको उपाधि (भिडियो सहित)

  • प्रकाशित मिति: आइतबार, भाद्र ३१ २०७५
  • तामाकोसी खबर

ऐजेन्सी, भदौ ३१ गते ।
बंगलादेशमा सम्पन्न १२ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ ।

बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा ६ पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितेको थियो ।



सुरुदेखि नै आक्रामक खेल खेलेको माल्दिभ्सले पहिलो हाफ र दोस्रो हाफमा एक एक गोल गरेको थियो । १९ औं मिनेटमा माल्दिभ्सका लागि इब्राहिम मुहिद्दिन हसनले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । उनले नजिज हसनको पासलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा १ गोलको अग्रता लिएको माल्दिभ्सले दोस्रो हाफमा पनि १ गोल थपेको थियो ।

भने अन्तिम समयमा १ गोल भारतले गरेको थियो । ६६ औं मिनेटमा अलि फसिरले गोल गर्दै माल्दिभ्सलाई साफ च्याम्पियनसिपको उपाधि नजिक पुर्‍याएका थिए । खेलको ९१औं मिनेटमा भारतका सुमित पासीले गोल गर्दै भारतलाई खेलमा फर्काउने प्रयास गरेका थिए । माल्दिभ्सले यसअघि यसअघि सन् २००८ मा पहिलो उपाधि जितेको थियो ।

(भिडियो सहित)