एजेन्सी, भदौ १८ गते ।
म्यानमारको एउटा अदालतले गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गरेको अभियोगमा समाचार संस्था रोयटर्सका दुईजना पत्रकारलाई सात वर्ष जेल सजाय सुनाएको छ।
रोहिंज्यामाथिको हिंसाबारे अनुसन्धान गर्ने क्रममा उनीहरूले गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गरेको अदालतको ठहर छ।
प्रहरी अधिकारीहरूले दिएका दस्तावेज लिइरहेका बेला पत्रकारद्वय वा लोन र ज स ऊलाई पक्राउ गरिएको थियो। निर्दोष भएको भन्दै दुवैजनाले आफूहरूलाई प्रहरीले फसाएको बताएका छन्।
दुवैजना म्यानमारका नागरिक हुन्, जसले अन्तर्राष्ट्रिय समाचार संस्थाका लागि काम गर्दै आएका छन्।
फैसला सुनाएका रङ्गुनस्थित अदालतका न्यायाधीशले दुवै पत्रकारले राज्यको हितमा असर पुर्याउन चाहेको बताए।
@BBC