काठमाडौं । भदौ १३ गते,
प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारका राष्ट्रपति विन मिन्टबीच भेटवार्ता भएको छ । बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आएका राष्ट्रपति मिन्टसाग बुधबार दिउासो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्ताका क्रममा द्विपक्षीय हितको विषयमा छलफल भएको थियो । मंगलबार नेपाल आएका राष्ट्रपति मिन्ट बुधबार विहान लुम्बिनी भ्रमणमा गएका थिए । उनी बुद्ध एयरको विशेष विमानबाट गौतमबुद्ध विमानस्थल भैरहवाबाट नेपाली सेनाको हेलिकप्टरबाट लुम्बिनी पुगेका थिए । बिहान करिब ११ बजे लुम्बिनी पुगेका राष्ट्रपति मिन्तले लुम्बिनीमा करीब चार घण्टा बिताएर काठमाडौं फर्किएका थिए ।
प्रधानमन्त्री ओली र म्यानमारका राष्ट्रपतिबीच द्विपक्षीय हितको विषयमा छलफल
- प्रकाशित मिति: बुधबार, भाद्र १३ २०७५
- तामाकोसी खबर