दोलखा । भदौ ८ गते,
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर आवेदनको मौका छोपी नक्कली नोटको कारोबार भएको पाइएको छ । शेयर आवेदन खुलेसँगै सर्वसाधारणको भिड र नोटको कारोबार बढेको मौका छोपी नक्कली नोटको कारोबार भएको पाइएको हो ।
चरिकोटस्थित एक बैंकमा भदौ ५ गते एक हजार दरका १२ थान जाली (नक्कली) नोट फेला परेपछि यस्तो खुलासा भएको हो । बैंकले एक हजार दरका १२ थान जाली नोट फेला परेपछि प्रहरीलाई खबर गरेको थियो । नक्कली नोटका विषयमा आवश्यक अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । शेयर आवेदकबाटै जाली नोट फेला परेको प्रहरीको भनाई छ । प्रहरीले सम्पूर्ण नागरिक, शेयर सदस्य तथा बैंक तथा वित्तीय संस्थालाई ध्यान दिन, सचेत, सजक रहन अनुरोध गरेको छ ।
तामाकोशी जलविद्युतको शेयर आवेदनमा नक्कली नोटको कारोबार
- प्रकाशित मिति: शुक्रबार, भाद्र ८ २०७५
- तामाकोसी खबर