मन्थली, भदौ ३ गते ।
रामेछापको लिखु तामाकोसी गाउपालिका वडा नं. ४ नागीमा टिप्परले ठक्कर दिदा एक महिलाको घटना स्थलमै ज्यान गएको छ । बा १ क ७७५४ नम्बरको टिप्परले ठक्कर दिदा स्थानिय ५५ वर्षिय सुर्यमाया तामाङको ज्यान गएको हो ।
आइतबार साँझ ५ बजेतिर महिला बचतमा पैसा जम्मा गरेर घरतिर फर्कदै गर्दा विपरित दिसाबाट आएको टिप्परले ठक्कर दिदा तामाङको घटनास्थलमै ज्यान गएको प्रत्यक्ष दर्शीको भनाई छ ।
घटनास्थल पुगेका वडा नं. ५का वडाध्यक्ष सोम बहादुर तामाङका अनुसार नुवाकोट घर भई लिखु ३ हाइड्रो पावरमा कार्यरत टिप्पर चालक उमेश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिइएको छ भने मृतकको लाश पोष्ठमेटमको लागि सदरमुकाम मन्थली लगिएको छ ।