रामेछाप । साउन ३० गते,
पूर्व एमालेले पनि आप्mनो भागमा परेको ६९ सदस्य छानेपछि नेकपा रामेछापको जिल्ला कमिटीमा जाने १३५ जना सदस्यहरुको नाम टुंगो लगाएको छ । पूर्व जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष र रामेछापबाट नेकपाका केन्द्रीय सदस्य सहभागी भएको कार्यदलले जिल्ला कमिटीमा रहने सदस्यहरुको नाम टुंगो लगाएको हो । पूर्व माओवादी केन्द्रले आफ्नो भागमा परेको ६६ जना जिल्ला कमिटीको नाम यस अघिनै टुंगो लगाइसकेको थियो । पूर्व एमालेको भागमा परेको ६९ जना सदस्यको नाम बुधबार टुंगो लगाएर कार्यदललाई बुझाइएको हो ।
पूर्व एमालेबाट नेकपाको जिल्ला कमिटिमा जानेमा अधिकाँस पूर्व जिल्ला कमिटिका सदस्यहरु रहेका छन् । यस अघिको एमालेको जिल्ला कमिटि ७४ सदस्सिय थियो । नेकपाका नेता एवं पूर्व एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेलका अनुसार तेत्तिस प्रतिशत महिना पुर्याउनु पर्ने भएकोले केही पूर्व एमाले जिल्ला कमिटिका नेताहरुको नाम भने कटेको छ । जिल्ला कमिटिमा नयाँ महिलाहरुले प्रवेश पाएका छन् । तयार भएको नामावली बुधबार कार्यदलका सदस्यहरु अष्टलक्ष्मी शाक्य, अग्नी सापकोटा र नारायण दाहाललाई बुझाइएको छ ।
रामेछापमा पूर्व एमालेले पनि नेकपा जिल्ला कमिटिमा जानेको नाम छान्यो, कार्यदललाई प्रतिवेदन बुझाइयो
- प्रकाशित मिति: बुधबार, साउन ३० २०७५
- तामाकोसी खबर