दुषित पानीका कारण सिन्धुलीमा बिरामी बढ्दो

  • प्रकाशित मिति: मंगलबार, साउन २२ २०७५
  • तामाकोसी खबर

सिन्धुली । साउन २२ गते,
सिन्धुली जिल्ला अस्पतालमा उपचारमा समस्या भएको छ । फोहोर पानीका कारण बिरामीको संख्या बढेको तर पर्याप्त स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या देखिएको हो ।



सिन्धुलीका ग्रामीण भेगमा वर्षायामको धमिलो र फोहोर पानीका कारण झाडापखाला, आउँ र रुघाखोकीजस्ता समस्या देखिएको छ । दैनिक १०० भन्दा बढी बिरामी उपचारमा आएपनि उनीहरुलाई अस्पतालको बसाइँ र उपचारमा समस्या भएको हो ।