सरकारलाई अधिनायकवाद भन्नेहरुनै अधिनायकवादी हुन : माधव कुमार नेपाल

  • प्रकाशित मिति: बिहिबार, साउन १७ २०७५
  • तामाकोसी खबर

रामेछाप । साउन १७ गते ,
पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ठ पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले वर्तमान सरकारलाई अधिनायकबादी भन्नेहरु आफै अधिनायकवादी भएको बताएका छन् । चुनावी परिनाम सहर्ष स्वीकार नगरी मनपरि सरकार चलाउने नेपाली काङ्ग्रेस आफै अधिनायबादी भएको उनको भनाई छ । ४० औ पुष्पलाल स्मृति दिवसको अवसरमा रामेछापको पुरानो सदरमुकाम रामेछाप भङ्गेरीमा विहिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले काङ्ग्रेसलाई सरकार बाहिर बस्नु पर्दा छटपटि भएकाले अनावश्यक विषय उठाउदै सडकमा विरोध गरिरहनु कुनै अर्थ नरहेको बताए ।
नेता नेपालले विरोधीहरुले जतिनै विरोध गरे पनि कामबाट, व्यवहारबाट र आचरणबाट जवाफ दिनु पर्ने भन्दै जनप्रतिनिधीहरुलाई जिम्मेवारी बन्न निर्देशन समेत दिए । अबको समय कुरा भन्दा काम गर्ने समय भएकोले आम जनताको मन जितेर काम गर्नु पर्ने उनको भनाई छ । यस्तै नेपाल कम्निष्ठ पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पुष्पलाल श्रेष्ठले सुरु गरेको कम्युनिष्ठ आन्दोलनले गर्दा पार्टी एकता सम्भव भएको बताए । उनले नेकपा एमाले र माओवादी केन्द्र विच भएको एकता सामान्य एकता नभएको बताए । नेता गजुरेलले रामेछापको भंङ्गेरीलाई अन्तराष्ट्रिय स्तरको पर्यटकिय स्थल बनाउनु पर्ने यसको लागि केन्द्रमा पनि छलफल भएको बताए । तीनन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले पुष्पलालको जन्मस्थान रामेछापको भंङ्गेरीलाई मुलुक सुन्दर पर्यटकिय स्थल निर्माण गर्न प्रदेश सरकार लागि परेको बताए । उनले भङ्गेरीलाई पर्यटकिय बनाउनका लागि पहिलो किस्ता स्वरुप ३० लाख रुपैया रकम निकासा भइसकेको बताए ।
पुष्पलाल स्मृति पतिष्ठान नेपालले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा रामेछाप जिल्लाबाट निर्बा्चित सम्पुर्ण स्थानिय जनप्रतिनिधीहरुलाई सम्मान गरिएको थियो । यस्तै रामेछाप लिखु तामाकोसी गाउपालिका वडा नं. ७ तिल्पुङका सगरमाथा आरोहि प्रकाशराज पाण्डेलाई नगद सहित पुष्पलाल प्रतिभा पुरस्कार २०७५ बाट सम्मान गरिएको थियो । प्रतिष्ठानका संयोजक देवशंकर पौडेलको अध्यक्षतामा रहेको उक्त कार्यक्रममा प्रतिनिधीसभा सदस्य श्याम कुमार श्रेष्ठ, तिन नम्बर प्रदेश सभा सदस्य शान्ति प्रसाद पौडेल लगाएतले बोलेका थिए ।