नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट किन दिए राजिनामा ?

  • प्रकाशित मिति: बुधबार, साउन १६ २०७५
  • तामाकोसी खबर

काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले स्पष्टीकरण सोधेपछि रिसाएका प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

केही दिन अगाडि बसेको केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष ओलीले अनशनकारी डा।गोविन्द केसीलाई भेटेर श्रेष्ठले ऐक्यवद्धता जनाएको विषयमा चासो र चिन्ता जनाउँदै असन्तुष्टि जनाएका थिए । ओलीको असन्तुष्टिपछि श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएको उच्च स्रोतले जनाएको छ ।



डा।केसीलाई शिक्षण अस्पताल महाराजगञ्जमा गएर भेटेपछि ट्वीट गर्नुका साथै प्रवक्ता श्रेष्ठले ‘नेकपा’ र सरकारको नीति विपरित अनशनमा ऐक्यवद्धता जनाएका थिए ।

सचिवालय बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले ‘पार्टीमा कसैसँग सल्लाह नगरेर किन डा।केसीसँग भेट गर्नुभयो रु सामाजिक सञ्जालमा पनि प्रचार गर्नु भएछ १’ भन्दै टिप्पणी गरेको स्रोतले जनाएको छ । त्यसपछि श्रेष्ठले ओली समक्ष राजीनामा बुझाएका थिए ।

ओलीको मौखिक स्पष्टीकरणबाट रिसाएका श्रेष्ठले प्रवक्ता पद आफ्ना लागि उपयुक्त नभएको भन्दै निकटका नेताहरूसँग गुनासो गरेका छन् ।

प्रवक्ता पदबाट राजीनामा दिएर रिसाएका श्रेष्ठलाई फकाएर पुनः सोही पदको जिम्मेवारी फर्काउन ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई भनेका छन् ।