सरकारलाई असहयोग गर्ने कसैलाई छुट छैन : मुख्यमन्त्री राई

  • प्रकाशित मिति: मंगलबार, असार १९ २०७५
  • तामाकोसी खबर

ओखलढुंगा । असार १९ गते , मनोज भट्राई,
प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले सरकारलाई असहयोग गर्ने कसैलाई छुट नहुने बताएका छन् । मुलुक विकासका लागि सवै क्षेत्रमा प्रभावकारी काम हुनुपर्ने भन्दै बहाना बनाएर काम नगर्नेलाई सरकारले छुट नदिने उनको भनाई छ । ओखलढुंगाको सिद्धिचरण नगरपालीकाको दोश्रो नगरसभालाई संवोधन गर्दै राईले काम नगर्ने काम चोरलाई छुट नदिने बताए ।
मुख्यमन्त्री राईले संघीयता विकास र सवृद्धिको आधार भएको बताए । सिद्धिचरण नगरपालिकाको दोस्रो नगरसभालाई सम्बोधन गर्दै मुख्य मन्त्री राईले पहिलो अनुभव भएकाले संघीयतामा अलमल जस्तो देखिएपनि संघीयताबाटै गाउँको सवृद्धि सम्भव हुने बताए । मुख्यमन्त्री राईले शून्यबाट शुरु गरेर समृद्ध प्रदेश बनाउने राजमार्गमा प्रदेश सरकारले पहिलो पाइला चालेको बताए ।‘जनताका भावनामा जोडिएर विकास निर्माण र बजेट बनाउनुपर्छ, यसले मात्रै विकास समृद्धिमा नागरिकलाई जोड्न सक्ने उनको विश्वास छ ।’
स्थानीय तहलाई जनताका मागसँग जोडिएर नीति, कार्यक्रम र बजेट ल्याउन मुख्य मन्त्रीले सुझाव छ । जनताको जनादेश नै विकास र सवृद्धि भएकाले सरकार अब विकास र सवृद्धिको बाटोबाट पछि फर्किन नसक्ने ठोकुवा गर्दै उनले स्थिर सरकार नै जनताको माग भएकाले अब सरकार परिवर्तन कहिले हुन्छ भनेर नअलमलिन कर्मचारीहरुलाई आग्रह गरे । मुख्यमन्त्री राईले बहाना बनाएर भाग्ने कर्मचारी र जनप्रतिनिधी कसैलाई छुट नभएको बताए । देखिने काम गरेर जनतालाई सुविधा पुर्याउन नगरपालिकाका जनप्रतिनिधीहरुलाई उनको आग्रह छ । यसअघि मंगलबार बिहान मुख्य मन्त्री राईले मानेभञ्ज्यांग गाउँपालिकाका जनप्रतिनिधीसँग अन्र्तक्रिया गरेका थिए ।