रामेछापको सुनापती गाउँपालिकामा भएका विकास निर्माण कामको अनुगमन

  • प्रकाशित मिति: सोमबार, असार १८ २०७५
  • तामाकोसी खबर

रामेछाप । असार १८ गते,
रामेछाप जिल्लाको सुनापती गाउँपालिका भित्र संचालन भएका विकास निर्माणका आयोजनाहरुको स्थलगत अनुगमनको काम सोमबारबाट सुरु भएको छ । गाउँपालिकाभित्र संचालन भएको विकास निर्माणको काममा सडक , खानेपानी , सिंचाई भवन निर्माण लगाएतका छन् । यी पुर्वाधारहरुको अवस्थाको बारेमा स्थलगत अनुगमन सुरु गरिएको जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण प्रसाद सुवेदीले जानकारी दिए । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का सहितको जिल्ला स्तरीय टोलीलाई गाउँपालिकाका सवईन्जिनियर सानोबाबु श्रेष्ठले गाउँपालिकामा भएका विकास निर्माणका कामको अनुगमन गराएका हुन् ।
अनुगमन टोलीमा जिल्ला समन्वय सदस्य नि डोमा शेर्पा , नायव सुब्बा सकुन्तला माझि लगाएत रहेका छन् । अनुगमनपछि जिल्ला समन्वय प्रमुख खड्काले जिल्लाभित्र संचालन भएका आयोजनाहरुको अनुगनम गर्ने अधिकार जिल्ला समन्वयसंग रहेको भन्दै अनुगमनको पक्षलाई निरन्तरता दिने बताए । जिल्ला समन्वय प्रमुख खड्काले जिल्लाको सवै स्थानीय तहमा संचालन भएको विकास निर्माणका आयोजनाहरुको कडाइका साथ अनुगमन गर्ने प्रतिवद्धता जनाएको हाम्रा सहकर्मी कैलाश खत्रीले जानकारी दिए ।