रसिया विश्वकपः नकआउट चरणको खेलहरु आजबाट (के मेस्सीले आज बाजी बार्ला ? भिडियो सहित)

  • प्रकाशित मिति: शनिबार, असार १६ २०७५
  • तामाकोसी खबर

ऐजेन्सी, असार १६ गते । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा आजबाट अन्तिम १६ को खेलहरू हुँदैछन्। नकआउट चरणको पहिलो खेलमो शनिबार समूह सीको विजेता फ्रान्स र समूह डीको उपविजेता अर्जेन्टिना भिड्दैछन्।

कजान एरिना रंगशालामा नेपाली समय अनुसार पौने ८ बजे हुने खेलमा दुवै टोली क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा हुनेछन्। नकआउट चरणको पहिलो खेलमै विश्वकपका दुई प्रमुख दाबेदार भिड्न लागेका हुन्। विश्व फुटबलका दुई बलिया टोलीमध्ये एक टोली आज घर फर्कने निश्चित छ। विजेता टोली विश्वकप उपाधिको यात्रामा अगाडि बढ्नेछ। पछिल्लो समय मेसी र अर्जेन्टिनाको प्रदर्शनले धेरै नेपाली फ्यानलाई आज तनावमा राख्नेछ।



अझ विश्वकपको बलियो प्रतिद्वन्द्वी फ्रान्ससँग आज हुने भिडन्त अर्जेन्टिाका लोगि फलामको च्यूरासरह हुने धेरैको आँकलन छ। कारण, अर्जेन्टिनाको पछिल्लो खस्किएको प्रदर्शन। अर्जेन्टिनाले समूह चरण पार गर्ने क्रममा रूस विश्वकपमा डेब्यू गरेको आइसल्याण्डसँग १–१ गोलको बराबरी खेल्यो। दोस्रो खेलमा क्रोयशियासँग ३–० को लज्जास्पद पराजय बेहोर्‍यो। पूर्व उपविजेतासमेत रहेको अर्जेन्टिनाले अन्तिम खेलमा नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्दै फ्रान्ससँगको भिडन्त पक्का गरेको हो।

नकआउट चरण प्रवेश गर्न अर्जेन्टिनालाई भाग्यले पनि राम्रै साथ दियो। फ्रान्सका बेन्जामिन मेन्डेले चोटका कारण आजको खेल गुमाउनेछन् त्यसको फाइदा अर्जेन्टिनाले लिन सक्छ। उनको ठाउँमा प्रशिक्षक डिडियर डेसच्याम्पले लुकास हर्नाल्डेजलाई उतार्नेछन्। अर्जेन्टिनी टोलीमा कुनै समस्या नभएको र पछिल्लो समय राम्रै पाठ सिकेको भएकाले कुनै समस्या छैन।

यी दुई टोली विश्वकपमा पहिलो पटक नकआउट चरणमा भिड्न लागेका हुन् । यसअघि दुवै टोली ११ पटक आमने सामने भइसकेका छन्। जसमा अर्जेन्टिना नै हाबी छ। अर्जेन्टिनाले ६ पटक जितेको छ भने फ्रान्सले २ पटकमात्रै जित्न सकेको छ। बाँकी तीन खेलहरू बराबरीमा टुंगिएका छन्।

पछिल्ला १३ विश्वकप खेल्दा अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको यो १२ औं पटक हो। तर फ्रान्सले चारपटक मात्र अन्तिम १६ मा स्थान बनाएको छ। सन् १९९८ पछि दोस्रो विश्वकपको उपाधि हासिल गर्ने योजनामा अघि बढिरहेको फ्रान्सलाई रोकेर अर्जेन्टिना चार वर्षअघि फाइनल खेलमा बेहोरेको हारलाई बिर्साउँदै तेस्रोपटक विश्वकप उपाधि हासिल गर्ने दाउमा रहेको छ।