मिष्टर एण्ड मिस मोडल अफ रामेछापको अडिसन हुदै

  • प्रकाशित मिति: बिहिबार, असार १४ २०७५
  • तामाकोसी खबर

रामेछाप । असार १४ गते,
रामेछाप जिल्लाको ८ वटै स्थानीय तहमा मिष्टर एण्ड मिस मोडल अफ रामेछापको अडिसन हुने भएको छ । किङ स्टार क्रेयसन प्राइभेट लिमिटेड सुनापति गाउँपालिका रामेछापले जिल्लाको सवै स्थानीय तह अडिसन गर्न लागेको हो । विहिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी मिष्टर एण्ड मिस मोडल अफ रामेछापको अडिसनका बारेमा जानकारी गराएको हो ।
विजेताले एक लाख नगद पुरस्कार पाउँने अडिसनमा १५ देखी २९ बर्ष सम्मका युवा युवतीले भाग लिन पाउने छन् । मिष्टर एण्ड मिस मोडल अफ रामेछापका लागि असार २० गतेदेखी अडिसन सुरु हुने किङ स्टार क्रेयसन प्राइभेट लिमिटेडका प्रवन्धक निर्देशक सुमन खड्काले बताए । उनका अनुसार यहि असार २० गते सुनापती गाउँपालिका , २३ गते दोरम्बा गाउँपालिका ,२७ गते खँडादेवी गाउँपालिका र ३० गते मन्थली नगरपालिकामा मिष्टर एण्ड मिस मोडल अफ रामेछापका लागि अडिसन हुनेछ ।
त्यसैगरी साउन २ गते रामेछाप नगरपालिका , ५ गते लिखु तामाकोशी गाउँपालिका , ९ गते उमाकुण्ड गाउँपालिका र १२ गते गोकुलगंगा गाउँपालिकामा अडिसन गर्ने प्रवन्ध निर्देशक खड्काले बताए । गाउँ तथा सहरको कुना कन्दरामा रहेको प्रतिभालाई राष्ट्रिय स्तर सम्म पुर्याउने उद्देश्यका साथ मिष्टर एण्ड मिस मोडल अफ रामेछापका अडिसन संचालन गर्न लागेको उनको भनाई छ । यसलाई सफल बनाउनका लागि सम्बन्धीत सबैको सहयोग आवश्यक रहेको उनको भनाई छ । जिल्लाभरबाट छनौट हुने मिष्टर एण्ड मिस मोडल अफ रामेछापले नगद एक लाख सहित विभिन्न गिफ्ट ह्याम्परहरु पाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।