उदयपुर । असार ९ गते,
सुनसरीको चतरा र उदयपुरको बेलका बीच सप्तकोशीमा सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्ष्भित्र संखुवासभाको तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने भएको छ । हाल बेलुकाको डुम्रीबोट, चतरा हुँदै भोजपुरको हतुवा र धनकुटाको तमोरसम्म सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्ष्भित्र विस्तार गर्न लागिएको चतरा बेलका पर्यटन जेटबोट प्रालिका संयोजक कविनकुमार राईले बताए ।
उदयपुरको बेलकाको डुम्रीबोटे चतरा भएर संखुवासभाको तुम्लिङटारमा जेटबोट पु¥याउन अरुण नदीमा केही स्थानमा ढुंगा हटाउनु पर्नेछ । यसैगरी, सप्तकोशी हुँदै सुनकोशी भएर काभ्रे दोलालघाट जेटबोट लान सुनकोशीका केही स्थानमा पनि ढुंगा फुटाल्नुपर्ने अवस्था रहेको छ ।
आगामी हिउँददेखि एक वर्ष्भित्र उदयपुरको, बेलका चतरा, तुम्लिङटार, काभ्रे दोलाघाट मोटरजेट चल्ने बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए । सप्तकोशीबाट सुनकोशी हुँदै काभ्रेको दोलालघाटसम्म जेट सञ्चालन भएमा राजधानी काठमाडौँदेखि सुनकोशी सप्तकोशी भएर पूर्वको जलयात्रा गर्न सहज हुने सम्बद्ध पदाधिकारीहरुको भनाई छ ।
सुनसरीको चतरा देखी काभ्रेको दोलालघाटसम्म जेटबोट चल्ने
- प्रकाशित मिति: शनिबार, असार ९ २०७५
- तामाकोसी खबर