रामेछाप । असार ४ गते,
रामेछापको सदरमुकाम मन्थलीका व्यवसायीहरु सोमबार अर्धनग्न सडकमा उत्रिएका छन् । बिपी राजमार्गको सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधान चलाउनु पाउनु पर्ने माग गर्दे ब्यवसायीहरु नाङगै आन्दोलित भएका हुन् ।
सरकार आफुहरुको मागप्रति गम्भीर नभएको भन्दै नाङगै निस्कीएका व्यवसायीहरुले मन्थली बजारको विपि चोकदेखी बसपार्क सम्म परिक्रमा गरेका थिए । सरकार आफुहरुको आन्दोलन प्रति गम्भीर नभएको भन्दै शसक्त आन्दोलन गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।
सिन्धुली प्रशासनले केहि जिल्लासंग मिलेर अघोषित नाकाबन्दी लगाए रामेछापका जनतालाई ठुलो सास्ती दिदा पनि राज्य बेखबर रहेको व्यवसायीहरुको भनाई छ ।
आनदोलनपछि देवकोटा चोकमा भएको कार्यक्रममा बोल्दै रामेछाप उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष पशुपति बहादुर खड्काले ढुवानी समस्याका कारण रामेछापका जनताले उपभोग्य सामान किन्नै नसक्नेगरी महङगीदा पनि राज्य रमिते बनेर बसेको बताए । राज्यले सवारी गुडाउन र जनताको सुविधाका लागि निर्माण गरेको सडकमा आफुहरुले निर्वाहद रुपमा ठुला सवारी तथा ढुवानीका साधन संचालन गर्न पाउनुपर्ने उनको भनाई छ । उनले माग पुरा नभएसम्म व्यवसायीहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिए ।
सर्वोच्च अदालतकले बिपी राजमार्गमा सिन्धुली खुर्काेट सडकमा ठूला सवारी साधन चल्न रोक लगाएपछि ७ दिनदेखी ब्यवसायीहरुको आन्दोलन जारी छ । व्यवसायीहरुले दैनिक फरक फरक आन्दोलका कार्यक्रमहरु गर्ने गरेका छन् ।
आन्दोलनका कारण रामेछापमा दैनिक उपभोग्य लगाएत निर्माण सामाग्रीको मुल्य बढ्नुको साथै अभाव भएको छ । अहिले हरेक सामानमा किलोको १५ रुपैया भन्दा बढि महङगीएको छ । व्यवसायीहरु व्यवासयनै बन्द गरेर आन्दोलनमा उत्रीएपछि नागरिकहरुले महङगो मुल्यमा समेत सामान किन्न पाएका छैनन् ।
रामेछाप मन्थलीका व्यवसायीहरु अर्धनग्न सडकमा
- प्रकाशित मिति: सोमबार, असार ४ २०७५
- तामाकोसी खबर