रामेछाप जिल्लाको संवृद्धि र विकासका लागि जनप्रतिनिधिसंग बहस

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २६ २०७५
  • तामाकोसी खबर

रामेछाप । जेठ २६ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रामेछाप जिल्लाको संवृद्धि र विकासका लागि जनप्रतिनिधिसंग बहस कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमको जिल्ला युवा समिति रामेछाप र गैर सरकारी संस्था महासंघ रामेछापले संयुक्त रुपमा आयोजना गरेका हुन् । जिल्लाको विकास र संवृद्धिका लागि सम्भावना र चुनौतीका बारेमा ब्यापक छलफल भएको कार्यक्रम जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कुमार कार्कीको अध्यक्षता र राष्ट्रिय युवापरिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको प्रमुख आतिथ्यतामा भएको हो ।

युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुँगेल, राष्ट्रिय योजना आयोगका सदस्य मिन बहादुर शाही, पत्रकार नवराज पथिक लगायतले छुट्टाछुटै कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद शान्ति प्रसाद पौडेल जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, खाँडादेवी गाउाँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिँह मोक्तान, लिखु तामाकोसी गाउँपालिका प्रमुख गोविन्द खड्का लगायतका गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्ष लागयत जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरुले रामेछाप जिल्लाको संवृद्धिको लागि जनप्रतिनिधि र सरोकावालको भूमिकाको बारेमा बोलेका थिए ।



कार्यपत्रमाथि धारणा राख्दै जनप्रतिनिधिहरुले संवृद्ध रामेछाप बनाउन योजनावद्ध रुपमा काम थालिएको बताए । उनीहरुले सडक पुर्वधारलाई पक्की बनाएर यातायातमा आम नागरिकको पहँुच पर्याई ग्रामिण जीवनलाई संवृद्ध बनाउने , सामुदायिक विद्यालयलाई दक्षजनशक्ति र सुविधा सहित सम्पन्न बनाउने योजना अघि बढाइएको बताएका छन् । तत्कालिन संवृद्धिको उपलब्धी हासिल गर्न कृषि क्षेत्रलाई ब्यवसायीकरण गर्ने आफुहरुको लक्ष्य रहेको उनीहरुको भनाई छ ।