रोजगार अनुमति प्रणाली ईपीएस परीक्षा सुरु

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २६ २०७५
  • तामाकोसी खबर

काठमाण्डौं । जेठ २६ गते,
दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा शनिबारदेखि सुरु भएको छ । आज र भोलि गरी सञ्चालन हुने परीक्षामा ८२ हजार २ सय ६४ जना सहभागी हुँदै छन् । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आएको छ । बिहान १० बजेदेखि पहिलो र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालित परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखराका २८ केन्द्र तोकिएको छ । भाषा परीक्षामा सहभागी भएकाहरुलाई अभिमुखीकरणसमेत दिइएको छ । उत्तर पुस्तिकाको परीक्षण भने कोरियाबाटै गरिने छ ।