मन्थली बजार अनुगमनमा कडाई, ब्ल्याकमा विक्रि गर्न राखिएको प्रेट्रोल जफत

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २४ २०७५
  • तामाकोसी खबर

रामेछाप । जेठ २४ गते,
जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमनलाई तिब्रता दिएको छ । बजारमा हुनसक्ने कालोबजारीलाई मध्यनजर गर्दे जिल्ला प्रशासनले विहिबार मन्थलीको भैसेश्वर बजार अनुगमन गरेको छ । बजार अनुगमनका क्रममा ईजाजत विना विक्रि वितरण गर्न राखिएका सामाग्रीहरु अनुगमन टोलीले जफत समेत गरेको छ ।
जिल्ला प्रशासनको नेततृत्वमा जिल्ला प्रहरी , घरेलु तथा साना उद्योग विकास समिति , रामेछाप उद्योग बाणिज्य संघ ,उपभोक्ता मञ्च नेपाल र मन्थली नगरपालिका सम्मीलित अनुगमन टोली ईजाजत बिना बिक्रि गर्न राखिएको प्रेट्रोलियम पदार्थ , मदिराजन्य वस्तु र सुर्तीजन्य वस्तुहरु जफत गरेको हो ।
अनुगमन टोलीका संयोजक एवं रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रले ब्ल्याकमा विक्रिका लागि राखिएको ३० लिटर प्रेट्रोल , ईजाजतविना विक्रिमा राखिएको ५४ प्याकेट सुर्ती , ४४ वोतल स्वाउ रक्सी , ४ पेटी चुरोट र १ सय ५ प्याकेट खैनी र २० लिटर घरेलु मदिरा जफद गरिएको जानकारी दिए । उनका अनुसार ब्यापारीहरुलाई आवश्यक निर्देशन पनि अनसगमन टोलीले दिएको छ ।