पेट्रोलिय पदार्थमा भएको मुल्य वृद्धिको रामेछापमा विरोध

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २२ २०७५
  • तामाकोसी खबर

रामेछाप । जेठ २२ गते ,
नेपाल विद्यार्थीसंघ रामेछापले पेट्रोलिय पदार्थमा भएको मुल्य वृद्धिको विरोधमा मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापानपत्र पेस गरेको छ । विरोध जुलुस सहित मन्थली बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगको नेविसंघको एक टोलीले रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा समक्ष २ वुँदे ग्यापन पत्र बुझाएको थियो ।
नेविसंघका जिल्ला कोषाध्यक्ष युवराज सुवेदीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा वर्तमान सरकार गठन भएपछि पाँचौ पटक भएको पेट्रोलिय पदार्थको मुल्य वृद्धिले खाद्यान्ह, निर्माण सामाग्रि लगायत जनजीवनमा प्रत्यक्ष प्रभाव पर्ने वस्तुमा भएको चरम मुल्य वृद्धिले नेपाली जनताको ढाड सेक्ने काम भएकोले तत्काल मुल्यवृद्धि फिर्ता लिन माग गरिएको छ ।
साथै रामेछाप जिल्लामा विगतदेखि लगातार भएको अघोषित नाकावन्दिले आपुर्तिमा ठूलो समस्या भएको उल्लेख गर्दै आपुर्तिलाई सहजा गर्न समेत सरकारसँग माग गरिएको छ । मागहरुको सम्बोधन नभए आन्दोलनमा जाने समेत ज्ञापनपत्रमा उल्लेख छ ।