रामेछापको मन्थलीमा सोमबार बृहत साँस्कृतिक कार्यक्रम हुदै

  • प्रकाशित मिति: आइतबार, बैशाख १६ २०७५
  • तामाकोसी खबर

रामेछाप । वैशाख १६ गते ,
रामेछापको सदरमुकाम मन्थलीमा सोमबार वृहत साँस्कृतिक कार्यक्रम हुदैछ । नेपाल मगर संघ रामेछापले २५६२ औँ वुद्ध जयन्तिकोे अवसर पारी विशेष झाँकि प्रदर्शनका साथै वृहत साँस्कृत कार्यक्रम गर्न लागेको हो । संघले बौद्ध गुम्बा विहार संरक्षण संघ रामेछापसँग सहकार्यमा आयोजना गर्नलागेको कार्यक्रमको तयारी पुरा भएको मगर संघ रामेछापका अध्यक्ष खड्क बहादुर आले मगरले जानकारी दिए ।
गृह–मन्त्री राम बहादुर थापा ( बादल ) को प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको मञ्च बनाउने लगायत आवश्यक तयारी पुरा भएको अध्यक्ष मगरको भनाई छ । अध्यक्ष मगरका अनुसार सोमबार बिहान १० बजे मन्थली बजारमा र्याली समेत निकालिनेछ । कार्यक्रममा राजेन्द्र कुमार कार्की, रेशम थापा, हरि थापा, सिता थापा, प्रकाश कटुवाल, सुर्य पुर्वछाने मगर, शिवसागर मगर, रमिता मगर, कुमार कार्की,कल्पना सुनुवार, राम कुमार पौडेल, युनिक भोजराज विक, नबिना घिसिङ सन्ध्या सानु लगायतका कलाकारहरुको वृहत सास्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रमबाट उठेको रकमको कोष स्थापना गरि विपन्न समुदायका बालबालिकाको शिक्षामा खर्च गर्ने आयोजकको योजना छ ।