सरोकारवाला र निर्वाचित जनप्रतिनिधि बिच दोलखाको वैतेश्वरमा अन्तरक्रिया

  • प्रकाशित मिति: बुधबार, बैशाख १२ २०७५
  • तामाकोसी खबर

रामेछाप । वैशाख १२ गते, नवराज पथिक,
दोलखा जिल्लको वैतेश्वर गाउँपालिकाको वडा नं ५ र ६ का जनप्रतिनिधि तथा सरोकारवालासँग विपत व्यवस्थान तथा स्थानीय सरकारको सुशानको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
क्युफ फ्रान्स र आर्किटेक्चर एण्ड डिभलपमेन्टसँगको सहयकार्यमा जागरण नेपालले आयोजना गरिको सो अन्तरक्रिया कार्यक्रममा फ्रन्सका निर्वाचित जनप्रतिनिधिहरु प्mयानी र हसनले आप्mनो मुलकमा भएको स्थानीय तहको अभ्यासको बारेमा जानकारी गराएका थिए । उनीहरुले फ्रान्समा पनि स्थानीय तहको सुरुको अभ्यास नेपालको जस्तै भएको बताए । सुरुमा केही अप्ठेरो जस्तो लागे पछि विस्तारै संघियताले नागरिकलाई प्रवाह गर्ने सेवा प्रभावकारी हुने बताए । उनीहरुले समावेसिताले महिला तथा पछाडि पारिएका समुदायलाई अघि आउन निक्कै सहयोग गर्ने बताए ।
कार्यक्रममा आर्किटेक्चर एण्ड डिभलपमेन्ट फ्रान्सका लुडोविकले दोखाको नाम्दु र काभ्रेमा बनेको सामुदायीक भवन तथा विपत व्यवस्थान सुचना केन्द्रको बारेमा जानकारी दिँदै अब यसलाई परिचालन कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिएको थिए ।
कार्यक्रममा वडा नंं ५ का वडाअध्यक्ष माधव वस्नेत र वडा नं ६ का अध्यक्ष सम्शेर घिसिङले बनेका भवनको परिचालनको साथै पुर्वाधार र क्षमता विकासका थप काममा सहयोग गर्न आग्रह गरेका थिए । उनीहरुले आपूmहरु नयाँ अभ्यासमा भएकाले सबैको सहयोगको अपेक्षा राखेको बताए ।
जागरण नेपालकी अध्यक्ष सम्झना पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा सो संस्थाकी व्यवस्थापक मिन विष्टले चरम द्वन्द्वको बेलामा जागरणले सुरु गरेको कामको परिणाम देखिन लागेको बताइन् । उनले जागरण नेपालले सुरु गरेको महिला शक्तिकरण कार्यक्रमले स्थापीत गरेका महिलालले अहिले स्थानीय तहमा प्रतिनिधित्व गरेको देख्दा खुसी लागेको बताइन् ।
कार्यक्रममा निर्वाचित स्थानीय जनप्रनिनिधिहरु सरोकारवाला निकायका प्रमुख एवं प्रनिधि, महिला समुहका सदस्यहरु तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो । सोही क्रममा सो गाउँपालिकामा निर्माण भएका सूचना तथा स्रोत केन्द्र र सामुदायीक भवन स्थानीयलाई हस्तान्तरण गरिएको थियो ।
यसैगरि वैतेश्वर गाउँपालिका ६ नाम्दुमा रहेको चेतनशिल जागरण महिला शान्ति समुहका सदस्यहरुसँग पनि महिला र नेतृत्व विकासको विषयमा छलफल भएको छ । समुहकी अध्यक्ष मानकुमारी रिमालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै दातृ निकाय तथा सहयोगि संस्थाका प्रमुख एवं प्रतिनिधिले समुहनै बल भएकोले महिलालाई समुह मार्फत अघि बढ्न आग्रह गरे ।
महिलाहरुले सामुदायीक भवन बनेको कारण आपूmहरुलाई बैठक छलफल तथा बचत संकलन र ऋण लगानि गर्न सजिलो भएको बताउँदै अब क्षमता विकासको काममा सहयोग गर्न आग्रह गरे । सोही कार्यक्रममा भूकम्प प्रतिरोधि घर कसरी बनाउन सकिन्छ भन्ने विषयमा समेत महिलाहरुलाई जानकारी दिइएको थियो ।