रामेछाप । चैत २९ गते, कैलाश खत्री,
रामेछाप मन्थलीमा सम्पन्न राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि मन्थली माध्यमिक विद्यालय मन्थलीले उचालेको छ । २०५८ सालदेखी लगातार विजेता बन्दै यो विद्यालयले यो बर्षपनि प्रथम पुरस्कार गोल्ड मेडलको हकदार बनेको हो । मन्थली माविले विभिन्न १० वटा खेलमा पहिलो , १८ खेलमा दोस्रो र ४ खेलमा तेस्रो स्थान हासिल गरेको छ । पुरुष तर्फको कवडि खेलमा प्रेम माझी , सोहन श्रेष्ठ , युवराज तामाङ , जनक श्रेष्ठ , विवेक श्रेष्ठ , कृष्ण बुढाथोकी र लेख बहादुर श्रेष्ठले मेडल हात परेका छन् । 
यस्तै भलिबलतर्फको ८ टिमलाई पछि पार्दै मन्थली उच्च माविले नगद ५० हजार सहित सिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल शिक्षक नरसिंह धामीले जानकारी दिए । सटफुटमा पनि सहभागि विद्यालयलाई पछि पार्दै मन्थली माविका छात्र विशाल भुजेल प्रथम भएका छन् । छात्र दौड तर्फ १ सय मिटर र २ सय मिटरमा सबिन श्रेष्ठले ४४ सेकेण्डमा दुरी पार गर्दै विजेता बनेका छन् भने छात्रा दौड २ सय मिटरमा दुर्गा तामाङ र ४ सय मिटर दौडमा अन्जना श्रेष्ठ प्रथम भएका छन् ।
कराते र तेक्वान्दो तर्फ सो विद्यालयकै विमल वर्देवा , सुजन श्रेष्ठ , अनिशा पौडेल , तारा तामाङ प्रथम भएका छन् । मन्थली माविले केहि खेलमा भने रजत पदक अर्थात् दोश्रो स्थान हासिल गरेको छ । जसमा ४ सय मिटर दौड तर्फ ईश्वर श्रेष्ठ , १ सय मिटर दौडमा अन्जना श्रेष्ठ , ८ सय मिटर दौडमा प्रदिप लामा , २ सय मिटर दौडमा दुर्गा तामाङ र १५ सय मिटर दौडमा टेक बहादुर मानन्धरले दोश्रो स्थान हासिल गरेका छन् । यस्तै छात्रा तर्फ १ हजार ५ सय मिटर दौडमा रमा श्रेष्ठ , ३ हजार मिटर दौडमा क्रमश प्रदिप लामा , रमा श्रेष्ठ विजयी भएका छन् भने १०० गुणा ४ रिले दौडमा सबिन श्रेष्ठको टिम र रन्जना टिम विजेता बनेको छ । लङजम तर्फ मनोज श्रेष्ठ , रन्जना श्रेष्ठ , हाइजम्पमा दिपेन्द्र खत्री र गिता राना मगर , दिपक श्रेष्ठ र युना श्रेष्ठ ,कबडिमा रश्मी खड्का टिम क्याप्टेन रहेको टिम विजयी बनेको छ । छात्रा भलिबलमा स्वस्तीका कार्की नेतृत्वको टिमले द्धितिय स्थान हासिल गरेको छ । त्यस्तै त्रिपल जम्पमा दिपक श्रेष्ठ र सटफुटमा रमिता माझिले कास्य पदक जितेका छन् ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि मन्थली माविलाई
- प्रकाशित मिति: बिहिबार, चैत्र २९ २०७४
- तामाकोसी खबर