सरकारद्धरा भूकम्प पीडित दोस्रो किस्ता अनुदानको म्याद थप

  • प्रकाशित मिति: मंगलबार, चैत्र २० २०७४
  • तामाकोसी खबर

काठमाडौं । चैत २० गते,
भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद असार मसान्तसम्म थपिएको छ । यसअघि यस्तो म्याद चैत मसान्तसम्म थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेको हो । सबै लाभग्राहीले अनुदान रकम नपाउने स्थति आएपछि म्याद थपिएको समितिले जनाएको छ । समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तसम्म सबै भूकम्प पीडितलाई छानामुनि ल्याउन निर्देशन दिएका थिए । त्यसका लागि आइपर्ने अड्चन तुरुन्तै फुकाइने उनले बताए ।