उदयपुर । चैत १४ गते,
उदयपुरको पश्चिमी क्षेत्र कटारी नगरपालिका ११ गहुँबारीमा ट्याङ्कर दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । बुधबार विहान भएको दुर्घटनामा चालकसहित २ जनाको घटनास्थलमा नै ज्यान गएको हो । दुर्घटनामा अन्य तीन जना गम्भिर घाईते भएका छन् ।
सिद्धिचरण राजमार्ग अन्तर्गतको कटारी–घुर्मी सडकखण्डको गहुँवारीमा ना ६ ख ३२३१ नम्बरको ट्याङ्कर दुर्घटनामा चालक बारा जिल्ला अम्लेखगञ्ज ४ का २३ बर्षिय पूर्णप्रसाद खनाल र मकवानपुर जिल्ला नामाटारका ३१ बर्षिय सरोज मोक्तानको ज्यान गएको छ ।
दुर्घटना परि भक्तपुरका २४ बर्षीय सुवास तामाङ्ग, बारा निजगढका १७ बर्षिय अभिषेक श्रेष्ठ र दोलखा चरिकोटका २५ बर्षिय सुजन गोले गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । घाईते सबैलाई उद्धार गरि थप उपचारका लागि काठमाण्डौँ लगिएको प्रहरीले जनाएको छ । तेल बोकेर कटारीबाट घुर्मि हुदै ओखलढुङ्गा तर्फ आउदै गरेको ट्याङ्कर अनियन्त्रित भई सडकबाट १ सय मिटर तल खसेको थियो ।
उदयपुरमा ट्यांकर दुर्घटना हुदा चालकसहित दुईको मृतु, तीनजना घाइते
- प्रकाशित मिति: बुधबार, चैत्र १४ २०७४
- तामाकोसी खबर