सिन्धुली । चैत ८ गते,
विपि राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै चेकजाचमा कडाई गरिएको छ । बुधवार भएको सवारी चेकजाडमा नियम विपरित चलेका सवारी साधानलाई कारबाही गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार नियम विपरित चलेका ४८ वटा सवारीलाई बुधवार कारबाही गरिएको छ ।
राजमार्ग अन्तर्गत सिन्धुली खण्डमा गरिएको चेकजाँचका क्रममा ब्लुबुक, लाईसेन्स नभएका, हेल्मेट नलगाएका र तिव्र गतिका सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा परेका ३५ वटा तिव्र गतिमा चलाएका सवारी र अन्य १३ वटा नियम विपरित चलाएका सवारी रहेको ट्राफिक प्रहरी कार्यालयको भनाई छ। शिवनगरचोक, भिमान, खुर्कोटको अध्यरी खोला र नेपालथोकमा गरिएको चेकचाडमा ४८ सवारी कार्वा्हिमा परेका हुन् । पछिल्लो समय विपि राजमार्गमा सवारी दुर्घटना बढेको भन्दै त्यसलाई न्यूनिकरण गर्नका लागि प्रहरिले सक्रियताका साथ चेक जाँचलाई कडाईलाई गरेको छ । साथै टाईम कार्डलाई प्रभावकारी बनाउन प्रहरीले विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
विपि राजमार्गमा दुर्घटना बढेको भन्दै सवारी चेकजाचमा कडाई
- प्रकाशित मिति: बिहिबार, चैत्र ८ २०७४
- तामाकोसी खबर