आइसीसी विश्वकप छनोटः नेपाललाई १ सय ९० रनको चुनौती (बल बाइ बल लाइफ)

  • प्रकाशित मिति: शनिबार, चैत्र ३ २०७४
  • तामाकोसी खबर

चैत ३,काठमाडौं – आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले १ सय ९० रनको चुनौती पाएको छ । टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ९ विकेट गुमाएर १ सय ८९ रन बनाउन सक्यो ।
नेपालका लागि सोमपाल कामी एक्लैले ४ विकेट लिए । १० ओभर बलिङ गरेका सोमपालले २ मेडन ओभर फाल्दै २४ रन दिए। लिस्ट ए प्रतियोगितामा ५० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका सोमपालले आजको खेलमा ४ विकेट लिएसँगै ५४ विकेट लिएका छन् । सन् २०१४ मा युएइ विरुद्धको खेलबाट उनले लिस्ट ए को खेलमा प्रवेश गरेका थिए ।

नेपालका सन्दीप लामिछानेले नेदरल्याण्डको महत्वपूर्ण विकेट लिए । नेदरल्याण्डका मेक्सो डाउटलाई उनले २८ रनमा आउट गरेका हुन् । सातौं विकेटको रुपमा सन्दीपले टिम गुप्टेनलाई १ रनमा नै आउट गराए । १० ओभर बलिङ गरेका सन्दीपले १ मेडन ओभर फाले उनले ४१ रन दिए ।



पाँचौ विकेटको रुपमा नेपालका ललित राजवंशीले रोयलफ मिरवीलाई २५ रनमा र छैटौं विकेटको रुपमा स्कर्ट एडवासलाई पनि २५ रनमा नै आउट गरेका हुन् । १० ओभर नै बलिङ गरेका ललितले पनि १ मेडन ओभर फाल्दै २ विकेट लिएर ३८ रन खर्चे । ८ ओभर बलिङ गरेका शक्ति गौचनले १ विकेट लिएर ३६ रन दिए । ६ ओभर बलिङ गरेका करण केसीले १ मेडन ओभर फालेर २८ रन दिए । ६ ओभर नै बलिङ गरेका कप्तान पारस खडकाले १ मेडन ओभर बलिङ गरेर १२ रन दिए । बल बाइ बल लाइफ हेर्न यहाँ क्लिक गर्नुहोस् ।