आइसीसी विश्वकप छनोटः नेपालको उत्कृष्ठ सुरुवात, नेदरल्याण्ड दवावमा (बल बाइ बल लाइफ)

  • प्रकाशित मिति: शनिबार, चैत्र ३ २०७४
  • तामाकोसी खबर

चैत ३,काठमाडौं – आइसीसी विश्वकप छनोट अन्र्तगत सातौं स्थानका लागि भएको खेलमा नेपालले राम्रो सुरुवात गरेको छ । टस हारेर फिल्डिङ गरेको नेपालले पहिलो ओभरमा नै विकेट झारेको हो । पहिलो र तेस्रो ओभरमा नेपालका सोमपाल कामीले विकेट लिएका हुन् ।

ओपनिङ ओभरमा नै नेदरल्याण्डका वेस्ली बेरिसीको विकेट लिएका सोमपालले तेस्रो ओभरमा अर्का ब्याट्म्यान पेटर बोरिनको विकेट लिए । ताजा अवस्थामा नेदरल्याण्डको ८ ओभरमा १७ रन भएको छ । उसको २ विकेट गएको छ । बल बाइ बल लाइफ हेर्न यहाँ क्लिक गर्नुहोस् ।