ओखलढुंगा । चैत १ गते, रामहरि श्रेष्ठ,
ओखढुंगामा बिद्यार्थीलाई कुटपिट गर्ने एक शिक्षकलाई बिद्यालयवाटै निस्कासन गरिएको छ ।
सिद्धिचरण नगरपालिका ११ स्थित सोब्रु ईङ्गलिस स्कुलमा अध्यापन गराउने शिक्षक भुपाल राईले बिद्यार्थीलाई मरनासन्न हुने गरी कुटपिट गरेको भन्दै बिद्यालय प्रशासनले निस्काशन गरेको हो । शिक्षक राईले छात्राहरु उत्सव भण्डारी र सविन कटवाललाई बुधबार बिहान ट्युसन पढाउने क्रममा शरिरका बिभिन्न भागमा निल डाम हुने गरी कुटपिट गरेका थिए । बिद्यार्थीहरु ट्युसन पढ्ने क्रममा झगडा गर्न थालेपछि आफुले छुट्याउन एकदुई लाठी हानेको शिक्षक राईले स्वीकारेको बिद्यालयका निर्देशक सुर्य प्रकाश राईले बताए । कुटपिटबाट बिद्यार्थीहरुको शरिरका बिभिन्न भागमा निलडाम देखीएको छ । घटना पछि बिद्यालय प्रसाशनले अबिभावकको आग्रहमा शिक्षकलाई बिद्यालयमा कामकाज नलगाउने गरी निष्काशन गरिएको बिद्यालयले आधिकारीक पत्र लेख्दै जानकारी दिएको छ । पत्रमा यस्ता कृयाकपाल बिद्यालयको शिद्धान्त बिपरित भएको भन्दै निस्काशन गरिएको भनिएको छ ।
ओखढुंगामा बिद्यार्थी कुट्ने शिक्षक बिद्यालयबाटै निस्काशित
- प्रकाशित मिति: बिहिबार, चैत्र १ २०७४
- तामाकोसी खबर