रामेछाप । फागुन २३ गते,
रामेछापको मन्थलीमा भूकम्पपछि पुननिर्माणको अवस्था, भूमि ,मत्स्यक्षेत्र तथा वनजङ्गलको भोगाधिकार सम्बन्धी उत्तरदायी शासन व्यवस्था र सरोकारवालाहरुको भूमिका विषयक कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ ।
मंगलबार र बुधबार २ दिन चलेको गोष्ठिमा रामेछाप , दोलखा , सिन्धुली र ओखलढुंगा गरि ४ जिल्लाका विभिन्न नगरपालिका , गाउँपालिकाका जनप्रतिनिधि, राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न गैरसरकारी संघ संस्सथाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सृजनशिल युवा समाज चिसापानी संगको समन्वयमा फियान नेपालले आयोजना गरेको हो ।
फियान नेपालका कार्यकारी निर्देशक अशोक बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश नम्ब ३ का सांसद शान्ति प्रसाद पौडेलले खेतीयोग्य जमिनमा घर बनाउने कार्यलाई रोक्नुपर्ने बताए । यसका लागि स्थानीय सरकार कडा निति र कार्यक्रमका साथ अगाडि बढ्नुपर्ने उनको भनाई छ । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकाले खेतीयोगय जमीनमा बस्ती बसाल्न नहुने कुरा ल्याएको भएपनि अटेर भैरहेको बताए ।
उनले अबको दिनमा नगरपालिका भित्रका कुनै पनि ठाउँमा रहेका खेतीयोग्य जमीनमा बस्ती बसाउन नदिने बताए ।
यसका लागि मन्थली नगरपालिका गृहकार्य गरिरहेको उनले बताए । सवैको साथ र सहयोग विना समृद्ध मुलुक बनाउन नसकिने भन्दै नगरप्रमुख बस्नेतले सवै मिलेर समस्या समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागिहरुले भूकम्पपछि पुननिर्माणको अवस्था, भूमि ,मत्स्यक्षेत्र तथा वनजङ्गलको भोगाधिकार सम्बन्धी उत्तरदायी शासन व्यवस्था र सरोकारवालाहरुको भूमिका विषयक कार्यशाला गोष्ठी आफुहरुका लागि निकै फलदायी रहेको बताएक छन् ।
उनीहरुले आफ्नो नगरपालिका तथा गाउँपालिकाहरुमा अबको दिनमा भूमि ,मत्स्यक्षेत्र तथा वनजङ्गलको भोगाधिकार सम्बन्धी कुराका बारेमा व्यापक छलफल गर्ने प्रतिवद्धता समेत जनाएका छन् । गोष्ठीमा सहभागिहरुलाई भूमि व्यवस्थापन मन्त्रालयका वरिष्ठ प्रशिक्षक टंकनाथ दाहाल र फियान नेपालका कार्यकारी निर्देशक अशोक बहादुर सिंहले प्रशिक्षण दिएका थिए भने सहजिकरण सृजनशिल युवा समाज चिसापानीका अध्यक्ष भुवन कुमार श्रेष्ठले गरेका थिए ।
रामेछापको मन्थलीमा ४ जिल्लाको पुननिर्माणको अवस्था बिषयक गोष्ठी
- प्रकाशित मिति: बुधबार, फाल्गुन २३ २०७४
- तामाकोसी खबर