रामेछाप । फागुन १८ गते,
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आउदो चैत महिनाभित्र पार्टी एकता हुने बताएका छन् ।
पार्टी एकताको अन्तिम तयारी भइरहेको भन्दै नेता नेपालले चैतभित्रै दुई पार्टी एक भएको घोषणा गरिने बताए । रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता नेपालले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका बिषयमा कुनै शंंका नरहेको बताए । पार्टी एकता संयोजन समीतिले एकता प्रक्रियाको कामलाई अन्तिम रुप दिन लागेको समेत नेता नेपालले खुलासा गरे । जनताल बाम एकतालाई अनुमोदन गरेको बताउदै वरिष्ठ नेता नेपालले दुई पार्टीबीचको सैद्धान्तिक विषयको सम्बन्धमा अहिलेसम्म प्राप्त भएको उपलव्धीलाई संस्थागत गर्दै नमिलेका विषयलाई बहसमा लाने धारणा राखे । दुई पार्टीको सहमतीमा सरकार गठन भएको भन्दै उनले पार्टी एकता भएरै छाड्ने दाबी गरे ।
चैतभित्रै पार्टी एकता हुन्छ : एमाले नेता नेपाल
- प्रकाशित मिति: शुक्रबार, फाल्गुन १८ २०७४
- तामाकोसी खबर