प्रदेश ३ को मन्त्रिपरिषद विस्तारः रामेछापका नेता कैलाश ढुंगेलले पाए अर्थ मन्त्रालय

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १६ २०७४
  • तामाकोसी खबर

१६ फागुन, हेटौंडा । प्रदेश ३ को मन्त्रिपरिषद् विस्तार भएको छ । बुधबार एमालेबाट रामेछापका प्रभावशाली नेता कैलाश ढुंगेल सहित तीन र माओवादीबाट एकजना मन्त्री थपिएका छन् ।

अरुण नेपाल, कैलाश ढुंगेल, दावादोर्जे लामा र युवराज दुलाल मन्त्री बनेका छन् । यससागै मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मन्त्रिपरिषद् सात सदस्यीय बनेको छ । एमाले पोलिटव्यूरो सदस्य नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।



ढुंगेल अर्थ तथा योजना मन्त्री बन्दा लामाले कृषि तथा सहकारी मन्त्री बनेका छन् । माओवादी नेता दुलालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले तीन नम्बर प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्ने बताएका छन् । उहाँले आफ्नो कार्ययोजनाहरु समेत सार्बजनिक गरेका छन् ।