काठमाडौं, फागनु ७ – नेपाली क्रिकेट टिमले फेरी एक पटक विश्वकप छनौटको लागि छनौट भएको नेपाली टोलीका प्रत्येक सदस्यलाई सरकारले ३÷३ लाख रुपैयाँ नगद दिने भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टोलीले विश्वकप छनौटमा स्थान बनाएर देशको शीर उँचो बनाएको भन्दै ३(३ लाख रुपैयाँका दरले सम्मान गर्ने घोषणा गर्नुभएको हो ।
आउँदो शुक्रबार वालुवाटारमा विशेष कार्यक्रम गरेर रकम हस्तान्तरण गरिने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।